लामो समयदेखि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्ने तर सहमति नहुने क्रम हिजोसम्म बैठकको क्रम जारी थियो । आज पनि बैठक बस्ने भएको छ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी रहेको बुझिएको छ ।
संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्राप्त सूचना छ।