Breaking News

नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कहाँ पेश

२० भदौ, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः दोस्रो पटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ ।

सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो ।

यस अघि राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट बहुमतले पारित हुँदै सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक फेरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित गरेर सभामुख सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको छ ।

संविधानको धारा ११३ उपधारा (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’ जस अनुसार यो विधेयकलाई राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेछ हुन्छ ।