Breaking News

जसपा स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेकपा (एकीकृत समाजवादी) मा समाहित

काठमाडौं भदौ २० । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शान्तिनगरमा भएको एक कार्यक्रममा जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्। कार्यक्रममा युवा नेता रम्तेल सहित ५७ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन् ।

कर्णालीको हुम्लामा जन्मेर राजनीतिक गरेका रम्तेल सुरुमा नेकपा एमाले, नेकपा माओवादी, नयाँशक्ति, जसपा हुँदै आज एकीकृत समाजवादीमा समाहित भएका छन् । रम्तेल लामो समयदेखि दलित आन्दोलन भ्रष्टाचार अनियमितताको विरुद्धको अभियानमा संलग्न उनीसहित स सयौं कार्यकर्ता समाहित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालले अबिर र खाता लगाएर पार्टीमा भित्र्याएका छन् ।

दुर्गम कर्णालीको हुम्ला जिज्लामा जम्मेर देशको राजधानी काठमाण्डौमा आई संघर्ष गर्दै राजनीतिक जिवनको करिअर सुधारेका रम्तेलले जीवनमा  धेरै कठिन संघर्ष गर्नु भएको छ । दलितको हक, हित र अधिकारको लागि लड्दै भ्रष्ट्राचार सवालमा समेत आन्दोलन गर्र्दै आएका उनले राजनीतिक देखि सामाजिक जिवनको ठूलै संघर्ष गरेका छन् ।

समाहित कार्यक्रममा बोल्दै नेता रम्तेलले आफ्नो विवेक र क्षमताले भ्याएसम्म नेपालको कम्युनिष्ट आन्दोलन र वर्ग सङ्घर्षको पक्षमा काम गर्ने प्रतिवद्धता बताए । कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल कर्णाली प्रदेशका इन्चार्ज तथा पार्टीका उपमहासचिव प्रकाश ज्वाला लगायतका नेताहरुको सहभागित रहेको थियो ।

304740494_522766752948186_8611042205801029272_n1662371739.jpg