Breaking News

दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्छ

२० भदौ, काठमाडौं। पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए ।

दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए । उनले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताए ।

‘हाम्रो समाजमा निश्चितरुपमा ३ वटा विभेद सबैभन्दा चर्को छ । एउटा दलितमाथि । मानिसले मानिससँग गरिने जुन अत्यन्तै गलत व्यवहार हो । विभेदपूर्ण व्यवहार हो । त्यसको सिकार भनेको हाम्रो समाजमा दलित समुदाय रहेको छ,’ उनले भने, ‘यसलाई अन्त्य गर्ने अठोट हामीले गर्नैपर्छ । हाम्रो संविधानमा लेखिएको छ । कानूनमा लेखिएको छ । हाम्रो पार्टीको सिद्धान्तमा लेखिएको छ । तर त्यो व्यवहारमा हामीले कसरी साकार पार्ने हो रु त्यो गहन जिम्मेवारी हाम्रो काँधमा छ ।’

उनले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेलसहितका नेता, कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गराए ।