Breaking News

संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार छ त्यसैले यो पटक प्रमाणीकरण हुनुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको बैठक सहभागी हुन आएका उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुनेमा ढुक्क रहेको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेमा अदालतमा जाने चेतावनीसमेत दिए । उनले भने, ‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।’

‘प्रचण्ड’