केन्याले अन्तिम एक दिवसीय खेलमा नेपाललाई २५६ रनको लक्ष्य

केन्याले अन्तिम एक दिवसीयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २५६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । केन्याका लागि कोलिन्स ओवियले ८४ रनको अर्धशतकीय पारी खेले । १११ बल खेलका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै लुकास डानडसनले ५९ रनको अर्धशतकीय पारी खेले । २७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । केन्याका सुकदीप सिंहले ३७ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई विकेट लिए ।

त्यस्तै बसिर अहमद र साहव आलमले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने योजनामा छ । तीन खेलको एकदिवसीय सिरिजमा नेपालले एक खेल अगावै सिरिज जितिसकेको छ ।

यता केन्या भने आजको खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप हुनबाट जोगिन चाहन्छ ।