आज सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

२० भदौ, काठमाडौं । आज सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ७ सय, तेजावी सुनको मूल्य ९३ हजार २ सय र चाँदीको मूल्य प्रतितोला एक हजार ११५ रुपैयाँ तोकिएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सनुको मूल्य ९३ हजार एक सय रुपैयाँ थियो । यस्तै हिजो चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको थियो ।