नवौं राष्ट्रिय खेलकुद तियोगितामा म्याग्दीबाट ६ खेलाडी चयन

गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिता कराँती बिधातर्फ म्याग्दीका ६ जना खेलाडी नवौ राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । कराँतेको कुमुतेमा प्रज्ज्ल शरेचन, सुम बानीयाँ, मार्शल गर्वुजा, सिमित शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन् । उक्त प्रतियोगितामा म्याग्दीले बाग्लुङलाई पराजित गरेको थियो ।

त्यस्तै ६१ केजी महिला समूहको तर्फबाट प्रिति थापाले स्वर्ण जितेकी छन् । अन्य बिजेतामा ५० केजी पुरुषमा मार्शल गर्वुजा रजत (द्धितिय) तथा टिम काता पुरुष र महिला, ६७ केजी पुरुष प्रज्ज्ल शरेचन कास्य ( तृतीय) भएका छन् ।

प्रदेशस्तरीय छनौट प्रतियोगिता म्याग्दीबाट बिभिन्न खेलका करिब २०० जना खेलाडी छनौट भएका थिए ।

नवौं राष्ट्रिय खेलकुद तियोगिता असोज २८ देखि कार्तिक ३ सम्म हुन गइरहेको  छ ।