कक्षा १२ को नतिजा प्रकाशन : १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा

१७ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले (कक्षा १२) को नतिजा सार्वजनिक गरेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले आज प्रकाशित गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाए अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । जस अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् ।

बोर्डका अनुसार प्रत्‍येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्‍ने उल्लेख छ ।

नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।