Breaking News

लकडाउनको मौका छोपी मालारानी वनबाट काठ तस्करी

२० वैशाख, जललजा, पर्वत । कोरोना भाइरसको कारणले लकडाउनको मौका छापी काठ तस्करीले पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङस्थित मालारानी बनबाट सल्लाको काठ बरामद गरिएको बुझिएको छ ।
जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङका वडा अध्यक्ष हरि विकास जिसिको संलग्नतामा सो क्षेत्रमा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको कालिगण्डकी सब डिभिजनका वन कर्मचारीसहित स्थानीय बासिन्दाको संयुक्त टोलीले अवैधरूपमा कटान गरिएको काठ बरामद बताइएको छ ।
कोरोना संकटको बेला स्थानीय सरकार रबैया देखाउदै जनप्रतिनिधिनै काठ निकासिमा लागेको त्यहाँका स्थानीयबासीहरुले आरोप लगाएका छन् । काठ तस्करीले टोलीले उक्त स्थानबाट मालारानी वनमा काटिएको केहि परीणामका सल्ला जातका रुखहरू कटान गरी टेक्टर र स्काभेटरमा ढुवानी गर्न लागेका काठ बरामद गरेको जिल्ला बन अधिकृत असोक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
बरामद गरिएको उक्त काठ नियन्त्रण हुने गरी स्थानीय उपभोक्तको समितिको संरक्षणमा राखिएको छ । बन अधिकृत श्रेष्ठले तत्कालै निर्णय गरी उचित व्यवस्थापन गरिने र दोषीमाथि कानूनबमोजिम आवश्यक छानबिन गरी कारवाही गरिने समेत बताएका छन् ।
यता मालारानी बन उपभोक्ता समितिका अध्यक्ष चित्र बहादुर जिसिले अहिले काठ आफूहरुकै नियन्त्रणमा रहेको बताउँदै उपभोक्ता समितिले ढलेको रुख दिने भन्ने निर्णय भए पनि आफूहरुले नदिएको बताएका छन् ।

लेखक : कृष्णबहादुर कार्की, गण्डकी ब्यूरो