Breaking News

सुनथराला चिलगाडि बस्नु : रास्कोट्याको गाई र कैल्या काकुको कुखुडो भयो धेऊ

कैल्या काकुको कुखुडो :

हाम्मा माथि लालु मेरा परिवार भित्तका हुन बिचारा माइस बैरी भला, निका, सफा माइस कैल्या शाही मेरा काकु पड्न्या हुन । म तिनुको भतिजो हौ । बैरिऐ राम्रा माइस । तिनुको इक बानी बैरी नराम्रो । ज्या काम पनि, जैथो काम पनि, सथै बिस्तारै अन्या बानि बैरिऐ ढिला माइस । फटाफट काम साँटा अन्या तिनुका मनम्मो आउदैन ।

कैल्या काकुका मुवा, बुवा मेरा बाज्या, बज्यै बैरिऐ बाठा । बजैकन मैले धेक्याको हौ । बाज्या बितिगया छिया मैले धेक्यान क्या अरौ । काल बैरी लैजादो माइसकन । कि नमन्या भया हुन्याछियो बाज्या बजै लेखबाट आयाका छिया अरे, कुखुडो काटी खाँदा भन्याछन् कैल्या काकु र कान्ठिमुवा कैल्या काकुकी (जोई) कान्ठिमुवा पनि बैरिऐ ढिला । दुई जनाको जोडी ठ्याम्म मिल्याको । जम्मै उहिताका बुढाबुढी भान्छा बस्ताछिया । हाम्मा घरपनि बाज्या भान्छा बस्ताछिया अलग्गै पकाउदा चुलाउडो लिप्ता रल्याफाँण बान्दा गेलमेल नजिक नआओ जुठो हुदो छ भन्दाछिया । कैल्या काकुका बुवा बाज्याले हप्पि पाँण कुखुडो पकाइ खानु हुदैन हामिकन सुग्दैन तलि गोठ पकाइ खाओ । खान्या भया भन्याछन आफु रोटा हालि खाइकन पुडा सुत्न पड्याछन ।

बाहाबेलि ६–७ बज्याको छियो अरे, कुखुडो ठोटउडो हुल्याको रयछ छोप्न कान्ठिमुवा गैन र पुडो हातबाटी छत्तियो छ र पिठारा लुक्यो छ । गया र खोज्याछन उड्यो र तलि गडा बस्यो छ । दुई जना तल गया, माथि गया, खेद्या पाइलो लाया छन तेहि अरिकन सात बज्या लाग्याका हुन्या नौ बज्या कुखुडो छोप्याछन । गाग्रिउदो पानी रयन छ पुरी ऊचिढुङगा खोला पानी लिन गयाछन । झलपडिगो दुई जना जाउ भनिकन कुखुडो डोकाउडो हुलिगया छन । धारा गैकन पानी ल्याछन, गोठउडो आगो बाल्याछन, दौरा कचिला रयाछन, धुकाया बल्यानन, कुखुडो काट्दा बनाउदा, मासु बनाउदा सम्म रात २ बजिगयो रयछ । बाज्याले क्या अद्दाछन भनिकन बिचार हर्याका रयाछन । नुनमच्या पिन्याछन दुइजना गान्न गुन्न अद्दै काम अर्याछन । तेहि अद्दा अद्दै पुडो छकाल उज्यालो भयो छ । पुडातिर डिङचिमनि कुखुडो माझमनि गज्यागज्या पाक्तो
रहेछ । वडातिर दुई जना पुडा लुटुक्क सुत्याछन ।

बाज्या छकालै उठ्या हात मुख धोया नाप नाप रोटा तिउन खाइकन लेख जान लाग्या छन तलि गोठउडो क्या अर्या भनि गया र त कुखुडो पाक्तो दुई जना सुतेका धेक्याछन । ओय कैल्या रातभरि काम अरि कुखुडो बनायौ पाकिगयो खादाउक्या भनि ऊठाया छन । माथि लेख काहालपाटा जान पर पाल्ला गडिगाऊ भिटम्मा हट्टा रहेछन, को लेखदै आयो छ र सोध्यो छ कैल्या शाही आयन दाजु का गया भनिकन बेलिबा भोलि छकालै खर्क आइजान्या हौ भन्दाछिया भन्यो छ । बाज्याले दे बेलिबा कुखुडो काटि खादा भन्या रातभरि बनाया छकाल उज्यालो हुन्या बेला तिउन पाक्यो र खादा छिया भाडाकुडा धुन्ना खान्ना दिन भरि लाग्न्याई हो भोलि आउदो छकि लेख भन्याछन । बाज्याले तिनुका यस्ता किस्सा मस्तै सुन्या छियाँ ।

यकचोटि कालिकोट दै अछाम हाट जान हामिकन पाँच दिन लाग्दाछिया । साफेबगर जान आउन घर पुग्दासम्म तिनुका दुई जना गयाछन बार दिना लगाया छन । घर ल्याउन्या चामल खाइकन सकिया छन । माथि बेडुगडा भोकै बास बस्या भन्दाछिया । आखिरी तेति ढिलो गरिकन पनि काकुले कुखुडो त खाया, हाट गयाका घर पुग्या केही ढिलो काम गरर्यापछी हाम्मा गाउमा कैल्याको कुखुडो पकाइ क्या भयो भन्दाछन । यो भयो कैल्या काकुको कुकुडो खायाको कुडा मैले
सुन्याको ।

रास्कोट्याको गाई :

म पैला नानू छिया । गेल हुन्या बेला केही बिदौरी केही काम बिगाड्यापछी हाम्मा बाज्या मायपैको लोटाउनु हुन्या रासकोट्या, बिजपुर्या जसो क्या हो भन्दाछिया । यो किन भन्दा हुन्ना त सुत्तोछिया । हुन पनि बैरिका चल्ला मासका गेडा अरिगाल हुदा रयाछन । कि तेरो घर बिजपुर होला रासकोट होला । कि तेरो नातागोता होला । कि तेरा घरदै रास्कोट बिजपुर धेकिदो होला भन्दाछिया । साच्चै रहेछ पैला ऐले सान्तिघाट भन्दा हाम्मा बुबा बाज्याका दिन मनि सान्नि गाड भन्दाछिया ।

माथि पलाताको यक जनो माइस दुई नाना बाच्छा यक गाई काँ तल बेच्न ल्यायो छियोकि क्या अन्न ल्यायो छियो थाहा भयन अरे का पुरी अगाडि भुराबगड भन्दा वरिबाटी सान्नि गाडका नाप अगाडि क्या भोक मान्यो छ । पलाता बाटि आयको माइस छकालै अन्नि खान बस्यो छ । ती किरिया लाइना बाच्छा र गाई लुटुलुटु बाटै बाट आमताडा तिर आइगया छन । त्यो माइस अन्नि खादै रहेछ तेहुडो घामपनि बैरिऐ हुदोछ । उहिताका तल पियालताडा भन्दाछिया आजभोलि टुनिबगर भन्दाछन । हाटबजार बैरिऐ लाग्याको छियो । म पनि चार पाथि सुकिला भट्ट लिकन नुन ल्याउन गयाको माइस । माथि हाम्मा राज्या काकु छिया मेरा साथ । भट्ट बेचिकन नाप नुन लियौ, ती गिदि लाइना गोट्टा भन्दाछिया । बैरिऐ महला हुदाछिया टुनिबगर घाम कस्तो काकुले मैले गोट्टा खायौर छेराउट्या लाग्यो । उदो र उबो भयो र मरि गयौछियौं ।

तेहि बाट बिजपुर्या रास्कोटको कानउदो भार्या डोको नुन चामल ल्याइकन आयो छ । घामका पसिना आयका वरउडो बिजपुर्या गयो भारि बोकिकन परउडो पलाति आयो छ । दुई लिउ पाखि खक्ता हालि कानउदो हाल्याको, हात लौडि समायको, गाई बाच्छा कत्थ गयाहुन भनि तापाताप हरिकन आयो छ । सान्नि गाडका वरिबाटि भेट भयछ । पलातिले भन्यो छ । घर का हो गरे हट्याउरुको याँ सान्नि गाडबाट पुरी आमताडा सम्म काहीँ मेरो गाई देख्याछियौकि भन्यो छ । पलातिले सान्नि गाडबाट आमताडा केही नभन्यापनि २ किलो मिटर होला सुत्तोछौ तेउडो गैकन मैले नाप्याको नाई सुन्याको हो उ बिचारो रास्कोट्या बिजपुर्याले पनि घाम भयाको कानउदो भारि रिउ ऊठिगयाछन घर जाँ भयापनि ।

क्या अन्याछौ गाई पुरीउडो गयो छियो देख्याछिया यो सान्निगाड बाट आमताडा सम्म यति लामो गाई देख्यान गरे भनेछ । हुन पनि पलातिले सान्नि गाडबाट आमताडा सम्म काहीँ बिच बाटा गाई धेकियो छियो कि भन्नु पडन्या आमताडा सम्म
भन्यो । गाई त छियो यति लामो गाई धेक्यान भन्यो छ । केहि लामो समय काम नसकिया पछि गाउघर रास्कोट्याको गाई क्या भयो भन्दाछन यो रास्कोट्याको गाई को कुडो भयो ।

अब यो सुनथरालि चिलगाडी बस्नु रास्कोट्याको गाई र कैल्या काकुको कुखुडो भन्याको ।
रास्कोट्याको गाई को कुडो भयो अब यो सुनथरालि चिलगाडी बस्नु रास्कोट्याको गाई र कैल्या काकुको कुखुडो भन्याको कुडो म जन्म्याको छियान २०४२ साल बाट सुरु भयाको सुनथरालि चिलगाडि बसाल्न्या भनिकन काम ऐले सम्म पूरा अर्याका नाई, यकचोटी म गेलै छिया । स्कुल बाटि आया मुवाले गौ का र घोगाका खाजा भुटिकन राख्याका छिया । बाहिर ओटालामनि बसि खादो छिया । जेठका मैना बैरिऐ अरि मेघ आयो । यक घन्टा पछाडि पुडो बिदो भयो वारि लालुबाट लोखाडा हेर्या त खोलाउदो घोल्याइनो पानी मात्तै रातिमाटो आयाको मैले बुवाकन सोध्या । यस्तो खोलाउदो काँ बाट पानी आयो भनिकन बुवाले सुनथरालि गडो चौर बनाउदा छन चिलगाडि बस्न्या अरे ७५ रुपैया दिनको मिल्दो छ, काम अन्न गया हुन्या छियो भन्या । यो चिलगाडि भन्याको क्या होला सुत्तो छिया । तेहिबेला सुरु अर्याको काम बिचाराउ । काँ पछाडि जनयुद्ध चलाया ।

नयाँ नेपाल निमार्ण भनिकन तेहि सुनथरालि माटो खन्न गयाका बिचारा काम अरिकन खान्या धादिङका जोगिमाराका माइस माओबादी का छन् छन् तमि माओबादि हौ भनिकन रणका देला टालिन्या राणिका छोरा आर्मि पुलिस ले पट पट हाम्मा भिटाउडा भिटिचुइक्या चल्ला मारेजन अर्या गोलि हानिकन ३० जना जति । अझ यकचोटि माओबादि चर्केका बेला तेहि सुनथरालि चिलगाडि बस्न्या ठौर पुलिसले घर बनाइ बस्याका छिया वारि पारि हाम्मा ऊचिढुङगा हिउदका मैना आया लालसेना भन्दाछिया । गाउभरिका घोगा बर्खा भरि बादर बाट, भालु बाट जङ्गलका जनवारबाट, बचाइ लेख खर्क बाट, ल्यायका घोगा अन्न पानी उठाया र तेहि ऊचिढुङ्गा लिया र मेष भन्दाछिया काट्या भैसा राँगा खाया घोगाको ढिडो घिउ गाउभरिको । मायकापै तिनुका उप्तलि हुन्या नखान पाउन्या पेटम्मा बाहुणा उठ्न्या, हुन्या केही राख्यानन् हामी माथि लेख रान्डढा छियौ पारि गया र बाहाबेलि झल राम्ररी पड्याको छियोन पटराइ पटराई अन्न लाग्या । आगो मौरो उठाया र केही राख्यान अझ ११ जना हुन कि कति जना मारिगया आफु का उछिटिगया ।

यै अरिकन तेहि चिलगाडि बस्न्या ठौर चिहानघाट पनि हो भन्दाछन । ती मरेका माइसको रगत पनि क्या भनला यस्तो अरिकन म बुडिगया अझ सम्म चिलगाडि बस्न्या भयाको नाई तेहि चिलगाडि बसाउन्या भनिकन अरबौ रकम सकिगयो भन्दाछिया । हाम्मा दादु सुनथरालि बिमानस्थल सरोकार समाजका सङयोजक भयाका रयाछन । धनराज दादु अस्ति भेट भयाको छियो भृकुटि मन्डल रुखका जडाउदो बस्याका छिया । ओठमुख सुकाया का छिया मेरा साथका हुन तालुमनिका बाल बाइगया छन । तिनुकन पनि नाप झर्को छकि क्या हो । सोच्या बस्याका छिया चिया खाँ भन्दाछिया । म गाउनु पडन्या भनिकन बाइगया । अस्ति का पर्यटन मन्त्री कन क्या कागजको चिर्को बुझायका छिया ती दादुले फोटो हाल्याका छिया तेहि चिलगाडि का लागि ।

May be an image of 1 person, standing and sunglassesMay be an image of 1 personMay be an image of 1 person and indoor

पैलो स्थानिय चुनाब मा उठिकन हाम्मा लालुका उदागाउका बाज्या धिर बिस्ट चुनाब जित्या नरहरिनाथ गाउपालिका राख्या नाम पनि गुरुको दुरुपयोग भया जसो छ । काम केही भयन । काँ गया छिया, क्या अर्याछिया, केही थाहा भयन । पाच साल काट्या थाहा अस्ति भयो अझ पछिल्लो स्थानिय चुनाबका बेला काँ पर सुर्खेत होटल मनि कान समाइकन उठ बस अद्दा छिया । दे क्या अद्दाछन सुच्या मैले म कन अस्ति चुनाबि गित गाइदेउ भन्या यहाँ गित बनाइ कन रेडि भया नाप खर्चपानि हाल त बाज्या भन्या र दे बिस्वास मान्दैनौ दिउला ऐके भन्दा छिया । रुप्सा बाट मकन मेरो चाटला सुच्या तमिले क्या सुनका बाला हाल्यौ मकन तम्मो बिस्वास मानु यहाँ पनि पर स्टुडियो जानू पड्डो गाउनु पड्डो भाडाकुडा बजाउनु पड्डो क्या कम्पिउटर मनि राखिकन मिलाउदा छोट्टि गाउन आया रुपिया मागिल्नि त्यो थाहा नाई पैला आफना दिनमनि गडाका भिटा गायाजन हुदो सुच्याछन ।

बाज्याले यै पाला पनि कसियाका छिया तलि कमल साह भिनाजु लिला ले रहगाडका माछा खाइकन तिनुको बुद्दि पलायो छ । पुडो प्याट्ट जितियल्ला उपाध्यक्ष मा बाज्या स्याउलिया रयाछन यै पाला पारि नगेन्द्र बिष्ट दाइले जित्याछन । ती पनि मेरा दाजु पनि साथ्या हुन अस्ति फोन बाटि भेटौला भन्दाछिया आजभोलि फोन उठायाउदिन त्याँकन पनि दिनु पड्यान्या छ कपुरे लतक । अब ती धिर बाज्याले तेहि सुन थरालि चिलगाडि को लागि यक कुडो ऊठायान अब नगेन्द्र दाजु क्या अद्दाछन त्यो बिचार होइजाला । पख कालिकोटका नेता पनि बिचाराउ लाज मान्दैन छन्क्या क्या अद्दाछन, कोजानि छन
त । घर घर नेता छन हाम्मा कालिकोट युना नेता, जल्दाबल्दा नेता, नेताइ नेता क्या अचम्म हो यक चोटि हुम्लाका जीवन शाहि मन्त्रि भया र यक चिलगाडिको बाछो लिया बसाल्या अब आइजान्या हो भन्या क्या कन्डो आउन्या छियो । बिचाराउ अब नअर तम्मा गोडा मनि टोपी छ तोमि ठुला, तोमि नेता, तोम्मै भन्याको मानौला तेहि सुनथरालि मनि चिलगाडि बसाइ हाल । हुम्ला हेर, जुम्ला हेर, बाजुरा हेर, मुगु हेर चिलगाडि बस्याका छन । ओइ नअर मायाकापै, आलागाछाउ बसाल अब जात्ति भयो । लाज मान बिचाराउ कालिकोटका जल्दा बल्दा युवा, बुढा नेता जति नअर बिचाराउ ती मरेका माइसको रगतले पनि पछि बौलिऔला ।

May be an image of one or more people, people standing, outdoors and textMay be an image of one or more people, people standing and outdoorsMay be an image of outdoors
नअर ओइ नअर । भन्याको मान बिचाराउ । बसाइ हाल अब हपल्ला घरकि बजै चिलगाडि आया यकचोटी बस्नाउ भन्दि छिन । मेराइ कानले सुन्याको माइस बजै दिन खाई मरिगैन म नजन्म्याको सुरु भयाको चिलगाडिको काम म बुडिगया अझ काम हुदैछ । भन्दा क्या अचम्म भयो । पाठो बाख्रो धजा खुटो क्या अन्याहौ अर । बसालिहाल नअर, तम्मा गलि गलि बिचाराउ, अब चिलगाडि बसालि हाल । अस्ति क्या भयो भनि सोधुला भनि सिङदरबार गया गेटमा जान मिल्दैन भित्र भन्यो क्या आइडि ल्या भन्यो रणका गाडभिड पड्न्या । मकन क्या श्रिलंकाको, लिट्या नाइजेरियाको बोको हराम, अफगागिस्थानको तालिबान मानिक्या भन्या माथि कालिकोटको हौ भन्या जान दियन । भित्र अझ गाउँ गाउमा सिङगदरबार आयो अरे । रणकाउ तमि उदा गाड बगाउना भया, उबा गाड खोज्ना भया । नभयाका हसक अन्या यति अरिकन आफ्नाइ देश को सिङगदरबार भित्र जान नदिया चाटला सोच्या आइगया । आफु नसक्न्या, तमि नअन्या क्या अरौ भन्यो बिचाराउ ज्या भया होला पुडो चिलगाडि बसाल सुनथरालि नअर नेता भन्दा छन । कालिकोटका मस्तै छन । का छन । क्या अद्दाछन ।

चिलगाडिको लागि महेन्द्र शाहिले केही अर्यानन् जीवन बुडा तेस्तै, दुर्ग रावत तेस्तै, नाप काम अन्या जसा भुपेन्द जङ्ग दादु छिया ती माथि जाँन खोज्दा हारिअल्दा । यकचोटि जिताय । काही बसालिहाल्दा छियाकि चिलगाडि । क्या अरौ भन्यो
अब । केही हुदैन हे हाम्मा कालिकोटका मान्या पुज्न्या देबि देउता कालसिल्ला, सिबनाथ, डाढेमैठो, टिमिल्या मैठो, धलपुरो, धुइमुलो, मालिका कालिका जति छौ कालिकोट बाटि जिति आयाका नेता सबै नेताकन बुद्धि दे । यिनुको बुद्धि पलाओ । यो रास्कोट्याको गाई जति लामो कैल्या काकुको कुखुडो पकाइ क्या भयो भुटो । बसाइहाल बिचाराउ अन्त हेर लाज मान । कठै क्या अरौ । भुटि मन्नु भयो । नअर बसाइहाल चिलगाडि सुन थरालि ।

कि नेता नहुँदा हुन्ना कि यिनको बुद्धि आउ
सुनथरालि गडामनि चिलगाडी बसिजा

(लेखक : लोक देउडा गायक हुनुहुन्छ । )

लेखक : महेन्द्र शाही (रास्कोटी)