काठमाडौं मलमा बनेका अनधिकृत संरचनाहरुमा डोजर चल्यो

८ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको
छ । आज विहान मेयर बालेन्द्र साह को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो । जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।