आजको तरकारी र फलफूलको मुल्य यस्तो छ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७६ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २४० रुपैयाँ, कुरिलो ४८३ रुपैयाँ ३३ पैसा र लोकल सानो गोलभेँडा ३२ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।