नागरिकता विधेयकमाथि छलफल सुरु

१ भदौ, काठमाडौं । अज बसेको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल सुरु भएको छ ।
यस अघि दुबै सदनबाट पारित भएर सभामुखले प्रमाणीकरण गरी राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाएको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी प्रतिनिधिसभामा फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।