२४ असार, काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता आज नहुने भएको छ । आज १ बजे राजधानीको एक होटलमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर ९एमओयू० हुने तय भएको थियो ।
तर, सिभिल बैंकले कर्मचारी समायोजन, सञ्चालक समिति जस्ता कुरा पनि टुंग्याएर मात्रै सम्झौता गर्ने बताएपछि आज हुने भनिएको कार्यक्रम स्थगित भएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए ।
मर्जरपछि छलफलभन्दा सहमति भएन भने के गर्ने भन्दै अहिले नै सबै कुरा मिलाएर सम्झौता गरौं भनेर आज हुने भनिएको सम्झौता स्थगित भएको हिमालयन बैंकका ती सञ्चालकले बताए । ‘हामी मर्जरको छलफलमा नै छौं, मर्जरको सम्झौताको प्रयास भइरहेको छ, सबै कुरा मिलेपछि मात्रै सम्झौता गरौं भनेर आजको निर्धारित एमओयू गर्ने कार्यक्रम स्थगित भएको हो ।