सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै

सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमा फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी हुन् ।

महान् अमेरिकी टेनिस खेलाडी सेरेना गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण उनी एक वर्षपछि फर्किएकी हुन् । झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७(५, १(६, ७(६ ले हार बेहोर्न बाध्य भइन् । उता फ्रान्सेली खेलाडी हार्मोनी ट्यान पहिलो पटक विम्बल्डनमा खेल्दै छिन् ।

४० वर्षकी सेरेनालाई पत्रकार सम्मेलनमा ‘अन्तिम विम्बल्डन’ हो रु भनेर सोधिएको थियो । यसबारे सेरेनाले भनिन्, ुयो यस्तो प्रश्न हो जसको जवाफ मैले दिन सक्दिनँ। मलाई थाहा छैन। कसलाई थाहा म कहाँबाट अचानक राम्रो खेल्न थाल्छु।ु सरिना विलियम्सले सात पटक विम्बल्डन उपाधि जितेकी छिन् । तर, गत वर्ष चोट लागेपछि सरिनाले एकल खेल खेलेकी थिइनन् ।