काठमाडौंमा फोहोरको समस्या राष्ट्रिय समस्याका रुपमा आइसक्यो

नेता जीवनराम श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले काठमाडौंमा फोहोरको समस्या राष्ट्रिय समस्याका रुपमा आइसकेको बताउनु भएको छ ।

हिजो शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताउनु भएको हो ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै नेता श्रेष्ठले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको बताउनु भयो । ‘अहिले काठमाडौंमा हेर्नै, बस्नै नसकिने स्थिति छ ।

फोहोरको स्थायी समाधान नखोजिकन हुँदैन । सधैँ पटके ढंगबाट समाधान गर्ने र फेरि दोहोरिने कुराले अब हामी अघि बढ्न सक्दैनौँ ।’ फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने भन्दै नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्ने कुराको सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।