जनवादी गायक जीवन शर्मालाई बागलुङमा सम्मान

जनवादी गायक जीवन शर्मालाई बागलुङमा सम्मान गरीएको छ । उहाँलाई  कलाकार बाबुराम, सरस्वती बज्राचार्य स्मृति कोषबाट सम्मान गरीएको हो ।

रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष समेत रहनु भएका  शर्मालाई नगद २० हजार रुपैयाँ र दोसल्ला ओढाएर उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले सम्मान गर्नुभएको हो ।

शर्मालाई ‘गीत संगीतको माध्यमबाट शोषित, पीडित, असहाय, एवं श्रमजीविको आवाजलाई झंकृत गर्दै न्याय, समताको लागि विगत लामो समयदेखि सशक्त आवाज उठाउँदै आएकोमा पुरस्कृत गरिएको बताइएको छ।