सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।
साताको आइतबार ९८ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार २०० रुपैयाँले बढेको थियो भने मंगलबार फेरि २०० रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ८०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी ४०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार ९०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय ९० रुपैयाँ कायम भएको छ ।