चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित

एजेन्सी

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।

यो जितसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७।४ ओभरमा ११७ रन बनाएर आउट भयो । दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।

यसअघि डेभन कोनवेको अर्धशतक र अन्तिम ओभरमा महेन्द्र सिंह धोनीको २१ रनको सहयोगमा चेन्नई सुपर किंग्सले २० ओभरमा २०८ रन बनाएको थियो।​ डेभोन कोनवे र ऋतुराज गायकवाडले पहिलो विकेटका लागि ६७ बलमा ११० रनको साझेदारी गरे। ऋतुराज गायकवाडले ३३ बलमा ४१ रन बनाए । कोनवेले ४९ बलमा ८७ रन बनाए । शिवम दुबेले १९ बलमा ३२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा अविजित २१ रन जोडे ।