म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हराएर प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता

एजेन्सी

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको निराशालाई पन्छाउँदै न्युक्यासल युनाइटेडलाई हराएर प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।

साबिक विजेता टोलीले लिभरपुलको टोटेनहम हटस्परसँगको बराबरीको फाइदा उठाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउनुका साथै गोल अन्तरमा पनि उल्लेखनीय रूपमा सुधार गरेको हो ।

पेप ग्वार्डिओलाको टोलीलाई १९ औँ मिनेटमा रहिम स्टर्लिङले अग्रता दिलाएका थिए । हाफ टाइम अघि एमेरिक लापोर्टेले अर्को गोल थपे । दोस्रो हाफमा रोड्री, फिल फोडेन र स्टर्लिङले एक एक गोल थप्दै टोलीलाई शानदार जीत दिलाए । ३५ खेलपछि सिटीको ८६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ८३ अंक रहेको छ ।

आइतबार नै भएको अन्य खेलमा आर्सनलले लिड्सलाई २(१ ले हराउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । त्यस्तै एभर्टनले लेस्टर सिटीलाई समान गोलअन्तरले हरायो ।