इटालियन सिरी ए फुटबलको उपाधि दाबेदार इन्टर मिलान बोलोग्नासँग २–१ गोलको हार

एजेन्सी

इटालियन सिरी ए फुटबलको उपाधि दाबेदार इन्टर मिलान बोलोग्नासँग २–१ गोलको हार बेहोरेको छ । बुधबार राति भएको खेलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको तेस्रो मिनेटमा इन्टरका लागि इभान पेरिसिचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यता बोलोग्नाका लागि खेलको २८ औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । ८१ औं मिनेटमा निकोला सान्सवनले गोल गर्दै बोलोग्नालाई २–१ को जित दिलाए ।

यो हारसँगै उपाधि दाबेदार इन्टरले ३४ खेलबाट ७२ अङ्क जोडेर शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । शीर्ष स्थानको एसी मिलानको ७४ अंक छ । जित निकालेको बोलोग्ना ४२ अंक जोडेर १३ औं स्थानमा छ ।