आजको बिदेशी मुद्रा बिनिमय दर

आज एक अमेरिकी डलरको बिक्रीदर १२२.६८ रुपैयाँ र खरिददर १२२.०८ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद÷बिक्रीदर तोकेको हो । यस्तै, आज एक यूरोको बिक्रीदर १३२.४३ रुपैयाँ र खरिददर १३१.७९ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५७.५१ रुपैयाँ र खरिददर १५६.७४ रुपैयाँ छ । यता, ८८.५१ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८८.३७ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

८९.४८ रुपैयाँ बिक्री मूल्य रहेको सिंगापुर डलरको खरिद मूल्य ८९.०४ रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य ९.५४ रुपैयाँ र खरिद मूल्य ९.४९ रुपैयाँ छ । यसैगरी, १८.५७ रुपैयाँ बिक्री मूल्य तोकिएको चिनियाँ युवानको खरिद मूल्य १८.७८ रुपैयाँ छ ।

साउदी रियालको सटही ३२.७१ रुपैयाँमा भइरहँदा खरिद  ३२.५५ रुपैयाँमा भइरहेको छ । यस्तै, कतारी रियालको बिक्री मूल्य ३३.४९ रुपैयाँ कायम हुँदा ३३.३३ रुपैयाँमा खरिद भइरहेको छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३३.४० रुपैयाँ छ भने यसको खरिददर ३३.२४ रुपैयाँ छ ।