दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल र रसिला महर्जन च्याम्पियन

योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल र रसिला महर्जन च्याम्पियन बनेका छन्।

रिभाइभ लिजर पार्कका प्रिन्सले पुरूष एकल र आर्मीकी रसिलाले महिला एकलको उपाधि जितेका हुन्।

प्रिन्सले फाइनलमा नेपाल आर्मीका नवीन श्रेष्ठलाई हराए। उनले २१(१७ र २१(१० को जित निकाले।

महिला एकलमा आर्मीकी रसिलाले आफ्नै क्लबकी खेलाडी हराइन्।

उनले आर्कीकी अनुमाया राईलाई २१(१२ र २१(१८ ले पराजित गर्दै उपाधि जितिन्।

पुरुष डबल्समा प्रिन्स र नवीनको जोडि च्याम्पिनय बन्यो। उनीहरूले प्रविन लिङथेव र सुरज महर्जनलाई पराजित गरे।