Breaking News

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोबार गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोबार गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविटरक्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आवश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिधा उपलब्ध गराउने समझदारी भएको छ ।
सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे ।

इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा।यादवराज कोइरालाले समयसँगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसँग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गरे । विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोख्रेलले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वित्तीय कारोवारका लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालय प्रति हार्दिक आभार व्यक्त गरे ।