Breaking News

सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर हुनु हो

२७ चैत, काठमाडौं । नेकपा एमालेले आज लिलितपुरमा आयोजना गरेको अर्थ सवालमा बोल्ने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाए ।

‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो ।

सरकारले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकता अनुसार परिमार्जन गर्न पनि रोक लगाएको पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले बताए । सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनको दावी छ ।

मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए ।