अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन्।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन्।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको ह्वाइटहाउसले उल्लेख गरेको छ।

राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउन लागेका छन्।