नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवशको अवसरमा प्रभातफेरि : स्वास्थ्य परीक्षणका साथै विधित कार्यक्रम

चैत्र १६, काठमाण्डौ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवशको अवसरमा अहिले बिहान ८ बजे देखि नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुको प्रभातफेरि भइरहेको छ । काठमाण्डौको सिनामंगल चोकबाट आयोजना भएको प्रभातफेरी, केही बेरमा ९ बजे केन्द्रीय कार्यालय संचारग्राम सिनामंगलमा पुगेर सकिने छ ।

आजै संचारग्राममा महासंघको आयोजनामा हुने स्वास्थ्य शिविर (मृगौला तथा दाँत परिक्षण तथा उपचार) र रक्तदान दिँउसो १२ः३० बजे होटल एभरेष्टमा आयोजना हुने औचारिक कार्यक्रम तथा विशेष अन्तरक्रिया हुने महासंघ केन्द्रीय सदस्य शन्तराम बिडारीले बताउनु भएको छ । उहाँका अनुसार यी सबै कार्यक्रममा सबै तमाम सञ्चारकर्मी साथीहरुलाई सहभागी भइदिन अनुरोध गर्नु भएको छ ।

केन्द्रीय सदस्य बिडारीका अनुसार, बिहानको कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र दिँउसोको कार्यक्रमको प्रमुख अतिथी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहनु हुने बताउनु भयो ।