लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने छ

मन्त्री पोखरेल

१३ वैशाख, कैलाली । आज शनिबार शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापन सम्बन्धी आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनले बताए ।
देशभर दुई सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताए । जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किँदैन । परीक्षाहरू पनि सञ्चालन हुनसक्छन् । जाँडो गर्मी बिदा, चाडपर्वका बिदा कटाएर अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलको भनाइ रहेको छ । लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने बताए ।
भोलि आइतबारै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउन बारे निर्णय गर्ने र त्यसकै आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए । लकडाउन खुलेपछि मात्रै शैक्षिक सत्र सुरु गर्न अनेरास्ववियुको सुझाव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले पनि नयाँ शैक्षिक सत्र लकडाउन खुलेपछि मात्रै सुरु गर्न सुझाव दिएको छ ।
अध्यक्ष ऐन महरको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई भेटेर विश्वविद्यालयका स्थगित परीक्षा पनि लकडाउन खोले लगत्तै लिनुपर्ने सुझाव दिएको हो । महरकाअनुसार कक्षा ११ को परीक्षा लकडाउन खुलेपछि होम सेन्टरमै लिन स्वतः ग्रेडिङ गर्न सकिने सुझाव मन्त्रीलाई दिइएको छ । कक्षा १२ को भने अनिवार्य परीक्षा गरिनुपर्ने अनेरास्ववियुले माग गरेको छ ।
अखिलले सबैको पहुँचमा पुग्ने गरी शिक्षण संस्थाहरूमा अनलाइन कक्षा सञ्चालन सञ्चालन गर्नु पर्ने भन्दै त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरी डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था हुनुपर्ने जनाएको छ ।