कोरोना संक्रमित भाइरस निको भएकाहरुसँग फेरि पनि भाइरस देखिदैन भन्ने कुनै प्रमाण छैन

डब्लूएचओ

१३ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड (१९) बाट निको भइसकेका बिरामीलाई यो भाइरसको संक्रमण फेरि देखिँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नपाइएको बताएको छ । साथै डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रोपटक हुन सक्ने संक्रमणबाट बचाउँछ भन्ने प्रमाण पनि नपाइएको डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओले कसैलाई पनि ‘जोखिमरहित प्रमाणपत्र’ नदिन चेतावनी दिएको छ । एकपटक निको भइसकेका बिरामीमा पुनः यो भाइरसको संक्रमण हुँदैन भन्ने कुनै ग्यारेन्टी नभएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्ने डब्ल्यूएचओले बताएको छ । केही मुलुकहरुले कोरोना भाइरसको एन्टिबडी विकास भएका मानिसमा पुनः कोरोना भाइरसको संक्रमण नहुने सुझाव दिइरहेको भन्दै डब्ल्यूएचओले यस्तो कार्यले कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने बताएको छ । डब्ल्यूएचओले अहिले पनि एन्टिबडीले भाइरसविरुद्ध कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।
स्रोत : रोयटर्स