Breaking News

आफ्ना नागरिक पीडामा पर्दा पनि पहल र सयोग हुँदैन भने यो सरकार माफिया, दलाल, घुसखोरीको सरकार बाहेक ! गरिब दुखीको सरकार हुनै सक्दैन

१३ वैशाख, काठमाण्डौ, तारकेश्वर ।  बैशाख १३, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्व जगत नै संकट ग्रस अवस्थामा रहेको छ । कोरोना रोकबाट विश्वमा करिब २ लाख मानिस मर्दा सम्म नेपाल भने ग्रिन जोनमा नै छ तर संक्रमण भने ४९ पुगेको भने त्यही संख्याभित्र १२ जना निको भएर फर्किएका छन् । तर पनि जोखिम अत्याधिक मात्रामा रहेको पनि छ । यसैको त्रासमा नेपाल पनि लकडाउनको अवस्थामा रहेको छ । सुदुरपश्चिमको बाजुरा जिल्ला लगायतका ठाउँबाट मजदुरीको सिलसिलामा काठमाडौं आएर मजदुरी काम गर्दै आएका मजदुरहरुको भने कन्तबिजोगको अवस्थामा रहेको छ । लकडाउन भए पछि न काम, न बस्न खानको राम्रो व्यवस्था नै छ । उनिहरु अहिले तारकेश्वर नगरपालिका वडा नं.४ को खाली जमिनमा त्रिपालको छानो बनाएर बस्दै आएका छन् । ति मजदुरसँग न खानाको लागि रासन पानी छ, न पैसा तर उनीहरु घर त जसरी भए पनि जानुपर्छ भनिरहेका छन् ।
म पनि त्यही बाजुराको स्थानीय मान्छे त्यसमा पनि पत्रकारको हैसियतले रिर्पोटिको सिलसिलामा त्यहाँ पुग्ने क्रममा तिनीहरुको अवस्था हेर्दा यस्तो लागेर आयो की, नेपालमा सरकार छ होला त भन्ने पनि भान भयो । हामीले वडा नं. ४ का अध्यक्ष नरेन्द्र श्रेष्ठ सँग कुरा गर्दा उहाँले भन्नु भयो, मैले गर्ने जति सबै सयोग गरको छु । यो भन्दा बढी सहयोग मैले गर्न सक्ने अबस्था छैन मैले नगरपालिका सँग र जिल्ला प्रसाशन सँग पनि कुरा गरे तर केही पनि सुनुवानइ भएन भन्दै उल्टै गुनासो हामीसँग पोखे ।

उनिहरुको पाल मुनिको बसाँइ हेर्न हो भने त्यहाँ जो सुकै मान्छेलाई सायद ज्यादै पिडाको महसुुस हुन्छ होला । ति मजदुरका अनुसार राति सुत्नुको सट्टा पाल समातेर बस्नु पर्छ,चिसो हुन्छ, एतिजना छौं एकै पालमा कोचिएर रात कटाउनु पर्छ । चैत्र,बैशाखको हावापानीले हामीहरुलाई सारै नै सताएको छ । त्यो भन्दा बढी कहिले घर जाने भन्ने पिडाले सताएको बताउँछन् । त्यस्ता त उनिहरुका कति हुन कति पिडा । सायद लेखाजोखा गरेर पनि पुग्दैन होला । मजदुरका अनुसार, सायद हामीले गरिब हुनुको पिडा भोक्दै छौ होला ।
राजनीतिक दलका कार्यकर्ता घर जाने हो हामीलाइ सम्पर्क गर्नु भनेर फेस्बुकका भिताहरु रंगिचंगी पारेर प्रचारबाजीमा लागेका छन् । के उनीहरुले हाम्रो यस्तो विजोग पीडाको महसुस गरेका होलन त ? उनिहरुले फेसबुक भरी प्रचार गरेको सायद राजनीतिक दलको झोले कार्यकर्ता भएर होला उनिहरुलाई त के थाहा । तर, ति फेसबुकका सूचना तिनै राजनीतिक कार्यकर्ता र म त भोलिको नेता हुँ भन्दै गफ लगाउनलाई होला अनि भन्दै छन् रे हामीले त यति जनाको उदार गरेका छौ । अनि भोलि तिनैले भन्छन् होला तपाइहरुले नि भनेको भए म उदार गर्ने थिए, भन्दै गफ लगाउछन् होला ।
अब रहयो स्थानीयतहका छोटे राजाहरुको । उनिहरुलाई त अहिले दशैं तिहार आएको जस्तै छ । भन्दा नि सायद फरक नर्पला, हामीले उनीहरु सँग सम्पर्क गर्ने धेरै नै कोशिस गरेका थियौ तर कसैको फोन रिसिभ भएन त कसैको फोन सम्पर्क नै नहुने अवस्थामा रहेछ ,अब तिनहरुलाई के भने र तिनहरुको बारेमा के बmुझ्ने सम्बन्धित निकायका जिम्मेवार मान्छे त यस्ता छन् ।

हामी पिडामा रहेका मान्छेका समस्या समबोधन गर्न पहल गरिरहेका छौ र जुनदिन सम्म समस्याको समधान हुदैन त्यहाँसम्म पहल कदमी जारी रहने छ । सरकारलाई भन्नु पर्ने बाध्यता हुन्छ । न गरिबको लागि स्थानीय सरकार छ, न प्रदेश सरकार, न त संघिय सरकार नै छ । आफ्ना नागरिक पिडामा पर्दा पनि कुनै किसिमको सयोग हुदैन भने यो सरकार माफिया, दलाल, घुसखोरीको सरकार बाहेक गरिब दुखीको सरकार हुनै सक्दैन ।
नाम मात्रको कम्युनिष्ट सरकार हो ? कम्युनिष्टको सरकार भएको भए गरिब दुखी असायजस्ता वर्गको लागि सरकारले केही सहयोग गर्न सक्थ्यो त्यो पनि गरेको छैन । अहिले कोरोनाले विश्व नै आक्रान्त भएको अवस्थामा सरकार र स्थानीय सरकारले अहिले विहान बेलुका हातमुख जोडन् गारो भएका गरिब जनताको लागि केही राहात प्याकेज ल्याउनु पर्ने अवस्थामा सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएर सरकारले दल विभाजन र संवैधानिक परिषद्को गणपुरक संख्याका दुईवटा अध्यादेश असफल हुँदै फिर्ता लिएको छ । सरकारले काम गरेर खाने मजदुर, किसान, विद्ययार्थीको लागि लकगडाउनको बेला सबै नेपाली जनता खुशी हुने अध्यादेश ल्याउदा पकै पनि तिमी र तिम्रो सम्पूर्ण टिम र सरकार सफल हुने नै थियो । तिम्रो यो असफलताले अब नेपाली जनताले तिमीहरुलाई कसरी सहयोग गर्ने भन्नेमा अलमलमा पर्ने निश्चित देखिएको छ ।

आज काठमाणडौको तारेश्वर नगरपालिका वडा नम्बर ४ मा बिजोग अवस्थामा रहेका सुदुरपश्चिमका र मध्यपश्चिमका केही पहाडी जिल्लाबाट आएकाहरु धनमल विक, विर्जन विक, हस्त विक, लालकेश रावल, मान व सुनार, नव राज गिरी, प्रेम नाथ, जयलाल अधिकारीलगायतका मजदुररुको पीडा यति नाजुक हुँदा पनि सम्बन्धित स्थानीय सरकार र सरोकारवाला पक्ष कता लुकेर बसेकाछन् । आफ्नो रोजिरोटीको लागि काठमाडौं मा भौतारिएका मजदुरहरुका पीडा सारै दुख्ख लायकका छन् । उनिहरु अहिले कोरोनाले होइन, बरु भोकभोकी र अरु कुनै रोगले शिकार बन्छन् की भन्ने डर पनि छ । उनीहरु मध्यका एक जना जोसिला युवा मजदुर धनमल वि.क भन्छन्, समस्याको बेला सरकारले केही राहात दिन छ की भनेको तर हामीलाई अहिले सम्म केही दिएको छैन । आफ्नै स्थानीयतहमा फोन गर्दा पनि कसैले फोन रिसिभ गदैनन् । न हाम्रो लागि संघिय सरकार, प्रदेश सरकार छ, न त स्थानीय सरकार नै छ । अहिले हामी शरर्णार्थी जस्तै भएर जिउनु परेको छ ।
हामीलाई लाग्दै छ कि १ हामी के नेपाली होइन र ? हाम्रो सरकार छैन्न र ? भन्ने भान भएको छ । त्यस्ती उनी रोदन स्वरमा अगाडी भन्छन्, हेर्नुहोस् त हामी यस्तो माटोमा सुतेर, यस्तो इनारको पानी खाएर यहाँ बस्न बाध्य भएका छौ । अझैं कति दिनरात बिताउने होला अत्तोपबे छैन । हामी हावाहुरी आयो भने सुत्नु त कहाँ हो कहँ राम्रो सँग बस्न पाइदैन । कहिले हावा सँगै उडाउने हो की भन्ने पिरले रातदिन रोइरहेका छौं । आजसम्म कहिले पनि राम्रो सँग सुतेका छैनौं । मनले पनि सुत्न मान्दैन्, अझै पीडाका कुरा गर्ने हो भने धेरै छन् । अब त तपाईहरुले पनि स्पष्ट देखिनै सक्नु भएको छ । हुन्छ भने हामीलाइ जसरी पनि घर पठाउने व्यवस्था गरिदिनु प¥यो भन्दै ति मजदुर हामसँग हारगुहार माग्दै थिए । तर पनि हामीले आफूले गर्न सक्ने जति गरिदिन्छौ भनेर हामी ति पीडामा रहेका मजदुरलाई आस्वासन दिएर हामी आफ्नो काममा फर्कियौं ।

 

लेखक : रिर्पोट : समर रोकाया र रमेश महतारा