लकडाउनको मोडेल चेन्ज गर्दै थप एकसाता लम्बाउन उच्चस्तरीय समितिको निष्कर्ष, त्यसबारे भोलिको मन्त्रीपरिषद्ले निर्णय गर्ने

१३ वैशाख, काठमाण्डौ । आज बसेको उच्चस्तरीय समन्वय समितिको कार्यदलले पर्सि सकिन लागेको लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय भोलि लिनेछ ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । तर लकडाउनको अर्को मोडलमा जान सकिने बताइएको छ ।