म्याग्दी, १८ फागुन । म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन बनाउन सुरु गरिएको छ । बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार साढ दुई करोड रुपैयाँ लगानीमा टर्मिनल भवन बनाउन लागेको हो ।
सघन सहकारी तथा भवन डिभिजन कार्यालय बागलुङले दुई करोड ४८ लाख रुपैयाँमा शुभ कन्स्ट्रक्सन काठमाण्डौ सँग ठेक्का सम्झौता गरी बसपार्क बनाउन लागेको लागिएको जनाइएको छ। सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतिक्षालय लगायतको सुविधा रहेका टर्मिनल बन्ने योजना अनुसार भवन निर्माणका लागि जग खन्ने काम भईरहेको छ।
१५ महिना सक्ने लक्ष्यसहित पुष १३ गते कार्यालयसंग सम्झौता हो। ‘अपाङ्गमैत्री बन्ने टर्मिनल भवन एकतलाको हुन्छ, पार्कीङस्थल ढलान गरिने छ।’ ‘बसपार्क निर्माण गर्ने २०७४को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डिपिआर तयारी पारेको थियो । विस्तृत परियोजना प्रतिवेदनको आधारमा विगत २ बर्षदेखि पुर्वाधार निर्माण भईरहेको छ ।’
गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पुर्वाधार निर्माणले निरन्तरता पाएको वडा अध्यक्ष एवम् नगरपालिकाका प्रबक्ता बराईलीले भने । ‘गतबर्ष बसपार्कमा रहेको बास्केटबल मैदानलाई कालीगण्डकी किनारमा स्थानान्तरण गरेर खैलमैदान ढलान र प्याराफिट निर्माण, बसपार्कको ट्याक्सी पार्कीङ निर्माण गरिएको थियो ।’ त्यस्तै,‘गतबर्षनै बसपार्कमा यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, टिकट काउण्टर, र चियाखाजा पसलका लागि टहरा निर्माण, बसपार्क ढलान, सडकलाई कालोपत्रेले केही रुपमा धुलो कम र बसपार्क पहिल्य भन्दा अब्यवस्थित पार्किङ कम भएको छ ।
२०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेवल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो । बेनी देखि काठमाण्डौ, पोखरा,सुनौली, हिमालपारीको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्कीङस्थल हो । यस बसपार्कलाई नदीको कटानबाट जोगाउन रुपाताल संरक्षण आयोजनाले पक्की संरचना बनाउन सुरु गरेको छ।
नदीको कटान र ब्यवसायीको अधिक्रमणले बसपार्कमा सामानहरु राखेर बेच्ने, निजीजस्तै सम्पतीको प्रयोग गर्दा जिल्लाका गाउँगाउँबाट र देशका विभिन्न ठाउँबाट आउने यात्रुले सास्ती खेप्नुपरेको छ । सागुरो बसपार्क भविष्यलाई नसोची गुरुयोजना अनुसार पुर्वाधार निर्माण भएपनि आवश्यक भन्दा बढी संरचना निर्माण भविष्यमा पार्कीङको अभाव हुने सम्भावना उत्तिकै हुने जनगुनासो पनि छ ।