नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज घरेलु टोली ओमानविरूद्ध खेल्दैछ।
नेपाल र ओमानबीचको खेल बिहान ११स्४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्दै विजयी सुरुआत गर्न आवश्यक छ।
यो प्रतियोगिताअघि चार देशीय सिरिजमा नेपालले ओमानलाई हराएको थियो।
नेपालको खेल
नेपाल भर्सेस ओमान – ओमान एकेडेमी १- फागुन ६
नेपाल भर्सेस फिलिपिन्स – ओमान एकेडेमी २- फागुन ७
नेपाल भर्सेस क्यानडा – ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ – फागुन १०
फाइनल – ओमान एकेडेमी १ – फागुन १२
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा
वैकल्पिक खेलाडी
कुशल मल्ल, साहब अलाम, प्रदीप ऐरी
टिम अफिसियल्स
पुबुदु दसानायके- प्रमुख प्रशिक्षक
धम्मीका प्रसाद- कन्सल्ट्यान्ट बलिङ प्रशिक्षक
विक्रम न्यौपाने- फिजियो
रमन सिवाकोटी – विश्लेषक
सुमनराज कार्की – व्यवस्थापक