आप संसद बैठक बस्दैछ भने प्रधानमन्त्रीले आजको बैठकमा एमसीसीलाई टेबल गराउने जोड समेत दिइरहेका छन् भने अहिले केही बेरमा सत्ता गठबन्धनको बैठक पनि बस्दैछ । अहिले सडकमा बिभिन्न राजनीतिक दल, संगठन, अधिकारकर्मी र अन्य जनसमुदायले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध बिरोधका र्याली निकाली रहेका छन् । यसैबीच आज पनि एमसीसीका बिरुद्ध ८ दलीय मोर्चाले देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो ।
काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय मोर्चाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
हिजो साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसी विरोधी आन्दोलनका क्रममा फागुन ४ गते संसद् भवनबाहिर सरकारी दमनबाट घाइते भएकाहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई रिहा गर्न माग गरिएको छ ।