Breaking News

हालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने

महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर ९स्क्यान पे०, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ ।

बैंकले देशभर कुल १०३ वटा शाखामार्फत करिब ६ लाख गा्रहकलाई सेवा दिँदै आएको छ ।