२६ माघ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । हिजो ५ अर्ब नाघेको सेयर कारोबार रकम आज साढे ३ अर्ब पनि पुग्न सकेन ।
सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३।५१ अंकले घटेको छ ।
दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार करोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।