थप थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ३२ जनाको मृत्‍यु

१६ माघ, काठमाडौं। नेपालमा कोरोना संक्रमण दर घट्ने् क्रममा आज थप थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए अनुसार मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।