बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

एजेन्सी

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा खेलिएको खेलमा अतिरिक्त समयमा रियलले बार्सालाई ३(२ गोलअन्तरले हराएको हो ।

निकै रोमाञ्चक बनेको एल क्लासिकोमा रियलले खेलको २५ औँ मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसिस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा लुक डि योङले खेल बराबरी गरे । दोस्रो हाफमा बेन्जेमालाई पुनः रियललाई अग्रता दिलाए तर लगत्तै अन्सु फातीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा फेडेरिको भालभर्डेले गोल गर्दै रियललाई जीत दिलाए । बिहीबार अर्को सेमिफाइनलमा ला लिगा च्याम्प्यिन एथ्लेटिको म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच हुनेछ । विजेताले आइतबार रियादमा हुने फाइनलमा रियलको सामना गर्नेछ । रियल १२ औँ पटक स्पेनिस सुपर कप जित्ने दाउमा रहेको छ ।