आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८० पैसा र बिक्रीदर १६१ रुपैयाँ ६२ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।