विश्व माहामारीको रूपमा फैलिएको ऋयखष्म(ज्ञढ का कारण अहिलेको ठूलो चुनौती भनेको जीवन रक्षा हो । तर जीवन रक्षासँग अर्थतन्त्र पनि जोडिन्छ । आर्थिक, सामाजिक अवस्था र उत्पादन पनि जीवन रक्षासँगै जोडिन्छ । हामी जस्ता युवा पिंढी अहिले स्वदेशमा काम गरिरहेका हुन् या विदेशमा पसिना बगाइरहेका सबैजसो युवाको चाहना पनि यही नै हो । तर कोरोना महामारीले विश्वभरको अर्थसंरचनालाई परिवर्तन गर्न लागेको छ । सामाजिक संरचना पनि परिवर्तन हुँदैछ । यसले मान्छेको सोचाइलाई समेत परिवर्तन गर्न थालेको छ । सबैको मनमनै सजिएको भावना सपना नै हो जस्तो पहिले पहिले अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान र कोरियालगायतका सम्पन्न देशमा जाने नेपालीमा त्यहाँ जान पाएकोमा ठुला ठुला सपना सँगै गर्व महशुस हुन्थ्यो । तर अहिले उनीहरु एकपटक मातृभूमिमा फर्कन पाए जसोतसो बाँचिन्थ्यो होला, देशमै आआफ्नो परिवार, छरछिमेकसँग रहन पाए कस्तो हुन्थ्यो होला भन्ने अवस्थामा रहेको कुरा नकार्न सकिन्न । बाहिर जाने सोचमा रहेकाहरुमा पनि आफ्नै देशमा बस्नुपर्ने रहेछ भन्ने सकारात्मक सोचको विकास भएको भाव पाईन्छ । तर पनि देशको अर्थतन्त्रमा ठुलो धक्का हानेको छ ।
कृषि तथा पशुपालन :
६४ प्रतिशत नेपाली जनता कृषिमा निर्भर छन् भनिएको हाम्रोजस्तो मुलुकमा यसअघि सजिलैसँग युवालाई विदेश पठाएपछि सरकारलाई देशमा धेरै बेरोजगार भए भन्ने चिन्ता नहुने अवस्था थियो त अर्कोतर्फ रेमिटेन्सले हाम्रोजस्तो मुलुकको आथिक भारमा ठुलो टेवा पुगेको थियो । तर अब त्यो अवस्था उल्टिने वाला छ । अब लाखौँ युवा नेपाल फर्किएपछि व्यवस्थापनमा ठूलो चुनौती देखिनेछ ।
नेपालबाट श्रमको लागि विदेश जाने युवा कम हुनेछन् । किनकि कोरोनाको कारण नेपालीको श्रम गन्तव्य रहेका देशमा पनि आर्थिक सङ्कट सुरु भएको छ । अर्कोतिर अब नेपालमै केही गर्नुपर्ने रहेछ, सुरक्षित त यहाँ पो रहेछ र मर्नै परे आफ्नै देशमा, समाज या परिवारकै वरपर मर्न पाइने रहेछ भन्ने खालको सोच पनि कोरोनाको प्रकोपले गर्दा विकसित भएको छ ।
त्यसैले अब कृषि, पशुपालन र वन क्षेत्रको पूर्ण सदुपयोग गर्नुपर्छ । गाउँघरका बाँझा खेतबारीमा खेती गर्नुपर्छ । विदेशबाट सीप सिकेर आएका युवाले त्यो सीप आफ्नै पाखापखेरामा देखाउने बेला आएको छ । त्यसको लागि सरकारले सहुलियत ऋणदेखि, मल, बिऊ र सिँचाइको व्यवस्था साथै बिभन्न शिर्षकमा अनुदानको रकम पनि उपलब्ध गर्नुपर्छ । त्यति मात्रै होइन, कृषकको उत्पादनको ग्यारेन्टी पनि सरकारले लिनुपर्छ ।
फेरि पनि तत्कालका समस्या कोट्उदै गर्दा किसानले दुध बिक्री नभएर सडकमा पोख्ने वा पुनः दुहेर पशुलाई नै खुवाउने, मासुको रूपमा पालिएका विभिन्न जातका भेडा, बाख्राहरूको बिक्रीवितरण रोकिने, तरकारी बिक्री नभएर बारीमै कुहिने र उखु किसानले भुक्तानी नपाएको जस्ता घटनाले कृषि पेशा अँगाल्न चाहनेहरुमा निराशा पैदा भएको छ । यसैको उदाहरणका रूपमा म्याग्दी जिल्ला बेनि नगरपालिका ३ स्थित अशिम आधुनिक बाख्रा पालन फार्मका कृषक केशब शर्मा निउरे दुखेसो पोख्दै भन्छन, भन्न सजिलो, गर्न गाह्रो । अहिलेका युवाहरूको सोच पनि भन्दिने मात्रै हुन, न आफु गर्छन्न् न अरुलाई गर्ने बातावरण बनाउन सक्छन । समस्या आफैमा भयानक छ । जनतन गर्न खोज्दा नि उत्पादन भन्दा लगानी धेरै भो । आम्दानीको ग्यारेन्टी नहुने, भएनी ढिलो हुने, पर्याप्त नहुने, अन्त नबिकेर खेती गर्न आयो भन्ने बुझाई, के के हो के के १ यही अवस्था रहुन्जेल खेतबारी हराभरा हुन्छ भन्ने विश्वास गर्न मुस्किल छ । समान रूपका समस्याको सामना गर्ने कृषक जिल्लामा मात्रै हजारौ भेटिन्छन् । तसर्थ यस्तो स्थितिमा तपाईंको उत्पादन हामीले किन्छौँ भनेर सरकारले ग्यारेन्टी गर्नुपर्छ । यसो गर्दा लाखौँ रोजगारी देशमै सिर्जना हुनसक्छ । आत्मनिर्भर भइन्छ र पछि गएर कृषि आधुनिकरण गर्दै निर्यातमा जोड दिन सकियो भने देशको व्यापार सन्तुलनमा आउँछ, सँगसँगै हामीले अब अर्गानिक कृषिमा जोड गर्नुपर्छ । अर्गानिक खेती गर्दा एकातिर हाम्रो वातावरण कम प्रदुषित हुन्छ भने अर्कोतिर हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
नेपालबाट श्रमको लागि विदेश जाने युवा कम हुनेछन् । किनकि कोरोनाको कारण नेपालीको श्रम गन्तव्य रहेका देशमा पनि आर्थिक सङ्कट सुरु भएको छ । अर्कोतिर अब नेपालमै केही गर्नुपर्ने रहेछ, सुरक्षित त यहाँ पो रहेछ र मर्नै परे आफ्नै देशमा, समाज या परिवारकै वरपर मर्न पाइने रहेछ भन्ने खालको सोच पनि कोरोनाको प्रकोपले गर्दा विकसित भएको छ ।
थप अर्काे कुरा गर्दा हामीले अब वनको सदुपयोग गर्नुपर्छ । वन जोगाउने नाममा अबौ रुपैयाँ खेर गएको छ । वातावरणमा असर नपर्नेगरी रुख काट्ने रोप्ने गर्नुपर्छ । अर्बौ रुपैयाँको काठ आयात गर्ने तर देशमै भएका काठ कुहिने अवस्थाको अन्त्य हुनुपर्छ । वनको सदुपयोग गरेर पनि धेरैलाई रोजगारी दिन सकिन्छ ।
तरकारी, फलफुल र खाद्यान्न लगायतमा हामीले २ खर्ब रुपैयाँ भन्दा बढि बर्सेनी विदेश पठाउँछौँ । अब पाखापखेरामा खेती गरौँ र विदेसि नै पैसा जोगाऔँ । रेमिट्यान्समा आउने कमीलाई हामीले यसरी पूर्ति गर्न सक्छौँ । हालको स्थितिलाई अङ्गाल्दै सामाजिक सञ्जालमा सम्माननीय व्यत्तित्वहरू लेख्नुहुन्छ ।
किसानलाई खेतबारीमा काम गर्न आव्हान गर्न चाहन्छु :
अहिलेको लकडाउनको अवधि आउने दिनका परिस्थितिहरुमा भर पर्नेछ । लकडाउनको बाध्यता कहिलेसम्म जाला भन्ने प्रश्नमा यति भन्न सक्छु कि जतिछिटो यसको फैलावटलाई सीमित घेराभित्र रोक्न सकिनेछ, या अहिले चिकित्सकहरुले भन्नु भएजस्तो यसको विस्तारको चक्रलाई सीमित गर्न सकिने छ, त्यति नै छिटो सीमित क्षेत्रमा लकडाउन खोल्दै, परिणाम हेर्दै, खतरा नदेखिएमा खोलिने क्षेत्रको दायरा बढाउँदै लैजानु पर्ने हुन्छ । अनन्तकालसम्म यो लकडाउन लम्ब्याउन भने सकिदैन किनभने हामीले उत्पादन नगरी त बाँच्न सक्दैनौं ।
हिँउदे बाली स्याहार्ने समय छ । अहिले नै बर्खे मकै छर्ने बेला भइसक्यो । अब एक महिनापछि, जेठको शुरुवातमै सिँचाइ हुने ठाउँमा धानको बिऊ राख्ने समय शुरु
हुनेछ । यी सबै काममा हामी सबै लाग्नै पर्ने छ । म तपाईंको यो कदर न्यूज अनलाईन डट्कम मार्फत सबै नेपाली जनता र खासगरी पार्टीका सबै कार्यकर्ताहरुलाई आव्हान गर्न चाहन्छु । कृषिको कामलाई प्राथमिकता दिनुहोस् । परिवारभित्रैका मानिसले सँगै काम गर्दा कुनै खतरा हुँदैन । वरपरका छिमेकीसँग छिमेकी फर्मसँग आदानप्रदान । यही नै हुने छ भोलिका दिनमा सुरक्षित र आत्मनिर्भर ।