यसरी जथाभावी बोल्दा पार्टी एकता लाई बलियो बनाउँदैन

कोरोना भाइरसका कारणले नेपाल मात्र नभएर विश्व नै रोकथाम र नियनन्त्रणका लागि लकडाउन गरेर कोरोना संग लडिरहेका छौं । अनि यो लडाई आफूमा नभएर आजको प्रमुख बिषय कोरोनासँगको लडाई हो,तर यसको अर्थ यो होइन कि सरकारले अरू केही काम गर्न हुन्न भन्ने । सबै मिलेर अगाडी बढ्नुको साटो एकआफसमा दोषरोपण गरेर न देश बन्छ, नत पार्टी अनि तपाई हामी पनि त्यसैले विगतका तितामिठा सवाललाई बिर्षे आजको बिषम परिस्थितिमा जुद्धनु नै प्रमुख कार्यभार हो । तर यसमा पार्टी र राज्यले धेरै काम गर्छ र गर्नु पनि पर्छ । सुरक्षित हुदै सबै दायित्व पूरा गरौं । तरंगित हुन पर्ने कुनै कारण छैन र पार्टी एकीकरण हुने वा विभाजन हुने कुरा विचार संग सम्बन्धित हुन्छ ।
राजनीतिकमा कहिले काँही चाणक्य नीति लागू हुन्छ त्यही हो । केपी ओलीले प्रधानमन्त्री पदका लागि मात्र पार्टी एकीकरण गरेको होइन । वहाँको निम्ति प्रधानमन्त्रीको पद पार्टी एकीकरण नहुदा पनि सुरक्षित नै थियो । पार्टी एकतालाई एक सानो घटना संग जोडेर ठुला नेताले बोल्दा नेताहरुकै हाइट घट्ने हो । साथै यसरी जथाभावी बोल्दा पार्टी एकता लाई बलियो बनाउँदैन । मेरो बिचार ।