Breaking News

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

काठमाडौँ । सडकमा शिक्षकहरुको लगातारको आन्दोलन र सरकारले यस सवालमा निचोड निकाल्न नसकेपछि तत्कालीन शिक्षा मन्त्री बिद्या भट्टराईले राजीनामा दिएपछि त्यसको दुई दिनपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।