१० वैशाख, काठमाडौं । भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त हमलापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी बुधबार मात्रै फर्किएका थिए ।
यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मु–कश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।

