एन्फा को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । पुस २२ र २३ गते बसेको उक्त बैठकले विभिन्न प्रतियोगितामा विजेता र उपविजृता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

यस्तै शहिद स्मारक ए,बी र सी डिभिजन लिगका क्लबहरुलाई तयारी स्वरुप दिइँदै आएको तयारी खर्चमा थप २ लाख ५० हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ । यसैगरी विभिन्न निर्माण कार्यबाट बाँक्ी रकम सदुपयोग गर्ने तथा फिजियोथेरापीको सामान प्रक्रिया पुर्याएर खरिद गर्ने निर्णय पनि बैठकले पारित गरेको छ ।

यस्तै आगामी जेठ १५ गते संघको साधारणसभा गर्ने र उक्त दिन नयाँ कार्यसमितिको निर्वाचन गर्ने समेत निर्णय भएको महासचिव इन्द्रमान तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१२ निर्णय यसप्रकार छन्ः