काठमाण्डौको नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा चार जनालाई पक्राउ

२३ पुस, काठमाडौं । काठमाण्डौको नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।
१८ पुसमा बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।