के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आजबाट ८औं महाधिवेशन सुरु भएको छ । काठमाण्डौंकोे कमलादीमा उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । माओवादीको उद्घाटन कार्यक्रममा माओवादीको निमन्त्रणालाई स्वीकारर्दै शुभकामना दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादृर देउवा, नेकपा एकीकृत समाजवादी का अध्यक्ष तथा पूर्वप्रधानमन्बी माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले महासचिव शंकर पोखरेल, माले महासचिव सिपी मैनाली, राप्रपा, जनमोर्चा र बैद्य माओवादीका प्रतिनिधिहरुले शुभकामना मनतव्य दिएका थिए । उदघाटन समारोहको अन्तिममा समापन गर्ने क्रमममा माओवादी अध्यक्ष प्रचण्डले, नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभएको बताएका छन् ।

पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, ‘हामीले गल्ती गरेका थिएनौं ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी एमाले महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो भएको बताएका थिए । उनको भनाइको प्रशंसा गर्दै प्रचण्डले एकता किन जोगिएन भनेर आत्मसमीक्षा गर्नुपर्ने बताए ।

आफूले आठौं महाधिवेशनमा पेश गर्ने राजनीतिक दस्तावेजमा सबैभन्दा बढी आफ्नै आत्मसमीक्षा गरेको प्रचण्डले बताए । ‘मैले आफैंलाई चिरफार गरेको छु अध्यक्ष प्रचण्डले बताउनु भयो ।