राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी जिल्लाबाटै लिन सकिने

राहदानी विभागले दैनिक ८ सयका दरले अहिले विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गरिरहेको छ।

गत मंसिर १ गते इ-पासपोर्ट जारी गर्न सुरू भएको भएको। अहिलेसम्म ६ हजार जनाले इ-पासपोर्ट पाइसकेको राहदानी विभागले जनाएको छ।

अहिले दैनिक ८ सयको संख्यामा विद्युतीय राहदानी जारी भइरहेको छ। दैनिक १२ सय पुर्‍याउने हाम्रो लक्ष्य छ ।

विभागबाट आवेदन दिनेहरूले दुई कार्य दिनभित्र इ-पासपोर्ट पाउने प्रवक्ता आरन बताउँछन्। आज आवेदन दिन व्यक्तिले पर्सि इ-पासपोर्ट पाउने

विभागबाट इ-पासपोर्ट लिन १२ हजार रुपैयाँ लाग्छ। जिल्लाबाटै इ-पासपोर्ट लिन भने ५ हजार रुपैयाँ राजश्व तिर्नुपर्छ।

अहिले विभागसहित ११ वटा जिल्लामा इ-पासपोर्ट वितरण सुरू भएको छ।

११ वटा जिल्लामा यो सेवा सुरू भइसकेको छ। जिल्लाको हकमा पनि एक हप्तामै पासपोर्ट पठाइदिन्छौं। त्यसैले विभागमा लाइन लाग्नुपर्ने जरूरी नै छैन, जिल्लामा त ५ हजारले नै हुन्छ  विभागमा १२ हजार तिरेर किन लिनु ।

यही साताभित्र इ-पासपोर्ट दिने जिल्लाको संख्यालाई बढाएर २० पुर्‍याइने ।

अहिले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रूपन्देही, कास्की, पर्सा, मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयमार्फत् इ-पासपोर्ट लिन सकिन्छ।