एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो जित

एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हात परेको छ।

ढाकामा आज भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गर्‍यो।

पहिलो सेट २५(११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५(९ ले सहजै जित्यो। तेस्रो सेटमा २५(५ ले जित्दै नेपाल विजयी भयो।

यसअघि नेपालले बिहीबार श्रीलंकालाई ३(२ को सेटमा पराजित गरेको थियो।
पुरूषतर्फ भने नेपाल बंगलादेशसँग पराजित भएको थियो। पुरूषतर्फ आज नेपालले उज्वेकिस्तानसँग खेल्नेछ।

महिलातर्फ साविक विजेता नेपालले २ खेलबाट ५ अंक जोडेको छ।

नेपालले अब आयोजक बंगलादेश, उज्वकेस्तान र किर्गिस्तानसँग खेल्न बाँकी छ। शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।