३ पुस, सुर्खेत । नेपाली काँग्रेसको १४ महाधिवेशनको सभापति सहित पदाधिकारीको मतपरिणाम आईसकेको छ । आजबाट केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । काँग्रेसको १४औं महाधिवेशनमा काँग्रेस नेता तथा कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएर चुनावी मैदानमा लडेका थिए । उनले पार्टीकै आफु भन्दा कान्छा उम्मेदवार बद्री पाण्डेसँग काँग्रेसको सहमहामन्त्री पदमा पराजित भएका छन् । चुनावी मतपरिणाम पछि मुख्यमन्त्री शाहीले यो पार्टी भित्रको आन्तरिक चुनाव हो हारिजित त भईहाल्छ त्यसैले पार्टीभित्रको आन्तरिक चुनावी प्रतिस्पर्धामा पराजित हुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिइहाल्नु पर्ने परिस्थिति भने होइन । । शाहीले चुनावी प्रचारप्रसारका बेला आफु जित्ने ढुक्क एको बताएका भने थिए र टेलिभिजनसँगको अन्तरवार्तामा आफू जित्नेमा बताइरहेका बेला उनी झिनो मतअन्तरले पराजित भएका हुन् । मतपरिणाम उनको पक्षमा खस्ने आंकलन गरे पनि मतपरिणाम भने उल्टो आयो शेखर कोइराला प्यानलका बद्री पाण्डे बिजयी भए । शाहीले पाण्डेसँग २७८ मतले पराजय भोगे ।
कर्णालीका मुख्यमन्त्री पार्टीभित्रको सहमहामन्त्री पदमा पराजित भएसँगै सामाजिक सञ्जालमा कर्णालीकोे मुयमन्त्रीबाट राजीनामा दिनुपर्ने आवाजले उनमा नैतिक संकट आएको छ । उनै पार्टीका नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले पार्टीभित्रकै महामन्त्री पदमा पराजय भोगेपछि नैतिकताको प्रश्न उठेपछि उनले मतपरिणाम आइनसक्दै पदबाट राजीनामा दिएका छन् । उनको यो नैतिकताको प्रश्नले पनि मुख्यमन्त्री शाही पनि आफूभन्दा जुनियरसँग सहमहामन्त्रीमा पराजित भएपछि राजीनामा दिनुपर्ने आवाज उठिएकाो छ । उनी पनि काँग्रेसको प्रतिस्पर्धामाम चुनाव हार्ने शक्ति नेतामा कहलिन्छन् ।
सामाजिक संजालमा आएको यस खालको आवाजलाई छिचोल्दै मुख्यमन्त्री शाहीले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएकाछन् । शाहीले आज बिहान एक सूचना जारी गर्दै कसम खाँदै आफूप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने बताएका छन् । तपाईंहरूको म प्रतिको माया, स्नेह, साथ, सहयोग, समर्थन र शुभेच्छाको म सदैव ऋणी रहिरहनेछु र तपाईंहरूको म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन ।’
नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा प्राप्त जनमतबाट मलाई सुदृढ र संगठित काँग्रेस निर्माणको यात्रामा थप ऊर्जा र हौसला प्रदान भएको छ। काँग्रेसलाई गतिशील बनाउन म झन् सक्रिय रही रहनेछु। आगामी दिनमा विचलित नभई भूमिकामा देश,पार्टी र जनताको पक्षमा लागी रहने प्रण गर्दछु।’
उनले भने,‘मैले हारे पनि काँग्रेसले नै जितेको छ। विजय मात्र लोकतन्त्रको परिभाषा होइन अनि पराजय पनि अन्तिम र मृत्यु होइन बरु सफलताको आधार हो । काम गर्नका लागि पार्टीमा पद भइराख्नु पर्छ भन्ने छैन, लिडरसिप भनेको पोष्ट होइन यो त भिजन हो अनि पर्सन होइन ‘एक्सन’ हो ।’
साथै मुख्यमन्त्री शाहीले लोकतन्त्रको सुगन्ध तथा सौन्दर्य भनेकै आवधिक निर्वाचन भएकाले निर्वाचन प्रणालीमा हार र जित खेलको स्वाभाविक र प्राकृतिक नियम भएको उल्लेख गरेका छन् । आफूलाई लोकतन्त्रको बफदार सिपाही भएको बताउँदै उनले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा वा मित्रवत् खेलमा यी सबै कुराको हेक्का राखी पिछडिएको क्षेत्र सहमहामन्त्री पदको लडाइँमा भाग लिएको बताएका छन् । उनले भनेका छन्,‘म पार्टीको आन्तरिक प्रतिस्पर्धाको खेलमा प्राप्त अङ्कको परिणाममा यो पटक छनोटमा पर्न सकिनँ, तर पनि मत जित्न नसके पनि मन जित्न सफल भएको छु ।’